काठमाडौँ, १९ फागुन । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाको सहमति तोडेको आरोप लगाउनुभएको छ ।
देशमा सहमतिबाटै संविधान बन्ने प्रक्रिया अगाडी बढिरहेका बेला एमाओवादी टाढा भागेको उहाँले अरोप लगाउनुभयो । उहाँले भन्नुभयो–‘जनताको अधिकार दिन परिवर्तनका लागि संगै लड्यौ, अहिले पुँजीवादीको संगतमा लागेर जनताकै अधिकार स्थापित गर्ने संविधानको विरोधी भएका छन् ।’
एमाओवादी मोर्चाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सहमति तोडेको उहाँको अरोप छ । विप्लवले सहमति र वार्ताको वाटोमा परिवर्तनका एजेण्डालाई संस्थागत तथा पूरा गर्न संयोजक प्रचण्डलाई आग्रह समेत गर्नुभयो ।
फरक प्रसङ्गमा कांग्रेस एमाले सरकारले जनताको अधिकार स्थापित गर्न नसकेको उहाँको गुनासो छ । सरकारलाई तत्काल जनताको राहतमा सहयोग गर्ने कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । उहाँले अहिलेको समयमा जनताको अधिकार सुनिश्चित हुनु आवश्यक छ भन्नुभयो ।
अखिल नेपाल जनसांस्कृतिक महासङ्घद्धारा मंगलबार आयोजित कविताका स्वरहरु विशेष कवि गोष्ठीमा चन्दले भन्नुभयो—“परिवर्तन र प्रगतिलाई पछ्याउने हो भने हरेक व्यक्तिमा साहित्य हुनु जरुरी छ ।”
देशको राजनीति शान्ति प्रक्रिया र सहमतिभन्दा बाहिर गएकाले सहकार्य, सहअस्तित्व र साझेदारीबाट अगाडि बढे मात्र देश अगाडि बढ्ने उहाँको भनाइ थियो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले नेपालको परिवर्तन गर्नका निमित्त नेपालका कम्युनिस्टहरु एक हुनु जरुरी रहेको बताउनुभयो ।
कार्ल माक्र्स, लेनिन, माओदेखि नेपाली राजनीतिज्ञ विपी कोइराला र मदन भण्डारीसम्म साहित्यको अनुरागी भएकाले साहित्यमा चाख नदिने व्यक्ति राजनीतिमा पोख्त नहुने उहाँले बताउनुभयो ।
















प्रतिक्रिया