काठमाडौँ, १९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहसंग र दलहरुबीच गोप्य सहमति भएको खुलासा गर्नुभएको छ ।
अध्यक्ष थापाले तत्कालीन समयमा पूर्व राजा तथा दलबीचमा सहमति कायम हुँदा नयाँ राज्य व्यवस्थामा बहुदलीय व्यवस्था र राजसंस्थाको अस्तित्वलाई स्वीकार्ने समझदारी भएको जिकिर गर्नुभयो । उहाँले राजासंग भएको समझदारीको दलहरुले कार्यान्वयन नगरेकाले अहिले मुलुकले स्थिरता र शान्ति कायम गर्न नसकेको विचार व्यक्त गर्नुभयो ।
संविधानसभामा प्रतिनिधित्व गर्ने ३१ दलको सर्वपक्षीय बैठकबाट संविधानसभाको नयाँ कार्यविधि बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले मंगलबार आयोजना गरेको साक्षात्कारमा अध्यक्ष थापाले द्विपक्षीय तथा त्रिपक्षीय बैठकले मुलुकलाई समाधान दिन नसक्ने जनाउँदै संविधानको अन्तर्वस्तुमा सत्तापक्ष तथा ३० दलीय मोर्चाबीच लगभग सहमति कायम भइसकेको भए पनि उनीहरुबीच उत्पन्न भएको विवाद कृत्रिम रहेको र संविधान नबनाउनका लागि केन्द्रित रहेको आरोप लगाउनुभयो ।
















प्रतिक्रिया