२९ आश्विन २०८३, बिहिबार

आतंकवादी आइएसले अपहरण गरेर किन छाड्यो १९ जना क्रिश्चियनलाई ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

senaदमासकास, १८ फागुन । सिरियाबाट अपहरण गरिएका सिरियाली क्रिश्चियन समुदायका नागरिकमध्ये इस्लामिक स्टेट् आइएसका सदस्यहरुले १९ जनालाई मुक्त गरिदिएका छन् ।

गत महिना आइएसका लडाकूले सिरियाबाट कयौँ व्यक्ति अपहरण गरेका थिए । ती मध्ये आइतबार १९ जनालाई अपहरणमुक्त गरेका हुन् ।

सिरियाली अब्जरभेटरी फर  ह्युमन राइट्सले सो जानकारी दिएको छ । सो अधिकारवादी संस्थाकाअनुसार आइएसका लडाकूहरुले उनीहरुको अदालतबाट फैसला भएको भन्दै १९ जनालाई अपहरणमुक्त गरिदिएको बताइएको छ ।

उनीहरुकाअनुसार पहिलो चरणमा उनीहरुले सो क्षेत्रबाट २९ जनालाई अपहरण गरेका थिए । बाँकीको बारेमा भने केही खुलाइएको छैन ।

सिरियाको उत्तरपूर्वी क्षेत्रमा रहेको हसाकाहा प्रान्तको ताल तमार भन्ने गाउबाट ठूलो सङ्ख्यामा क्रिश्चियन नागरिक अपहरण गरेका छन् ।

त्यसैगरी अर्को यस्तै अपहरणको घटनाअनुसार आइएसका लडाकूहरुले यही फेब्रुअरी २३ मा २२० जना क्रिशिचयन धर्माबलम्बी नागरिकलाई अपरहण गरेका थिए ।

ladakuती पछिल्लो समयमा अपरहणमा परेका ठूलो सङ्ख्याका नागरिकका बारेमा भने केही पनि बताइएको छैन ।

उता उत्तरीपूर्वी सिरियामा अमेरिकी सेनाको नेतृत्वमा रहेको सेनाले हवाई आक्रमण जारी राखेको जनाइएको छ ।

आइएस लडाकू समूहले करिव २२० जना सिरियाली क्रिश्चियन धार्मिक सम्प्रदायका व्यक्तिलाई अपहरण गरेको घटनापछि सो हवाई आक्रमण गरिएको जनाइएको छ ।

ती व्यक्तिको अपहरणमुक्तिका लागि विगतका केही दिनदेखि नै सो हवाई आक्रमण सुरु गरिएको छ । सिरियाको हसाकेह प्रान्तको ताल तामर सहरमा हवाई हमला गरिएको बताइएको छ ।

यसैबीच संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदले पनि अपहरणमा परेका ती व्यक्तिलाई बिनासर्त तुरुन्तै मुक्त गर्न आइएसलगायत अन्य आतङ्ककारी समूहसँग मागसमेत गरेको छ ।

आइएस लडाकू समूहले सिरियामा बारम्बार आक्रमण गर्दै आएका छन् । हालै आएर यो समूहले लिबियामा आक्रमण सुरु गरेका छन् । रासस/सिन्ह्वा