१ कार्तिक २०८३, शनिबार

किन फर्किए राधाकृष्ण मैनाली एमालेमा ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Radha-Krishna-Mainali

काठमाडौँ, १७ फागुन । नेकपा एमालेका संस्थापक नेता राधाकृष्ण मैनाली अन्ततः एमालेमै फर्किनुभएको छ । मैनालीले एमालेमा फर्किनुको कारणबारे मुख खोल्नुभएको छ ।

औपचारिक कार्यक्रम गरेर नफर्किए पनि एमाले स्थायी समितिको आइतबार बसेको बैठकले मैनालीलाई सिधै केन्द्रीय सदस्य बनाएर पार्टीमा भित्र्याएको छ ।

पार्टीले केन्द्रीय सदस्य बनाएकोमा मैनालीले स्वागत गर्नुभयो । दैनिक नेपाल डटकमलाई प्रतिक्रिया दिँदै मैनालीले एमालेमा आउनु आफ्नो नैसर्गिक अधिकार भएको बताउनुभयो । उहाँले तत्कालिन राजाको मन्त्रिपरिषद् र एमाओवादीमा जाँदा समेत आफू एमाले नै रहेकाले उनीहरुसँग मिल्न नसकेको समेत बताउनुभयो ।

मैनालीको संक्षिप्त प्रतिक्रिया यस्तो छ: 

एमालेले जे निर्णय गर्‍यो त्यसलाई स्वागत गर्छु । एमालेले १२ बर्ष पहिले मलाई जे भनेर हटाएपनि म त्यसको संस्थापक नेता हुँ । त्यहाँ आउनु भनेको मेरो नैसर्गिक अधिकार हो । मैले पार्टी छाड्छु भनेको होइन, मलाई लखेटियो ।

मान्छेमा म राजावादी भएर पार्टीबाट निकालियो भन्ने भ्रम परेको छ, त्यस्तो होइन । पार्टीका अन्तरविरोधी अर्थात पार्टीका तत्कालिन नीतिसँग असहमत हुने गरी मैले केही लेख लेखेँ । त्यसपछि मलाई कारबाही गरियो । सबा बर्षपछि एउटा नागरिकको हिसाबले द्वन्द्व समाधान गर्ने मनाशायले मैले राजालाई सघाएको हुँ । त्यसको परिणाम राम्रो निस्केन । मेरो त्यो व्यक्तिगत निर्णयप्रति मैले सार्वजनिक रुपमा धेरैपटक पश्चाताप गरेको छु । अहिले पार्टीले १२ बर्ष पछाडि सम्झियो । जुन खोलाले बगाायो, आज त्यही खोलाले फर्कने बाटो दियो । मलाई खुसी लागेको छ ।

एमालेले त्यतिबेला बिर्सिएपनि मलाई दुनियाँले जहाँ पनि एमाले नै भने । राजाको क्याबिनेटमा जाँदा पनि मलाई एमाले नै भने । माओवादीमा जाँदा पनि एमाले नै भने । सार्वजनिक मिडियाले पनि मलाई एमालेकै संस्थापक नेता नै भने । एमाले नेतृत्व मात्रैले मलाई एमाले मानेन । अहिले एमाले मानेर निम्तायो । म खुसी नहुने कुरै भएन । हिजो लेखट्ने नेतृत्व र अहिले बोलाउने नेतृत्व दुबैलाई क्रमशः धन्यवाद दिन चाहन्छु ।

एमाओवादीलाई यसो भन्नुछः

माओवादीमा गएर पनि म कहिल्यै माओवादी हुन सकिन । वास्तवमा मेरो संस्कार एमाले भएछ, माओवादी माओवादी नै भयो । एमाओवादी द्वन्द्वकै संस्कारबाट अगाडि बढ्न सकेन । त्यसैले मिलन हुन सकेन ।

यो पनि पढ्नुसः 
एमाओवादी छाडेर राधाकृष्ण मैनाली एमाले फर्किए, बिजय सुब्बा बने केन्द्रीय सदस्य