काबुल, १७ फागुन । अफगान सुरक्षाबलले दिनहुँजसो जारी राखेको तालिवानविरुद्धको कारबाहीका क्रममा गएको २४ घन्टामा कम्तीमा पनि चार जना तालिवानी मारिएका छन् ।
अफगानिस्तानबाट नेटो सैनिकले बिदा लिएको भए पनि दिनहुँजसो त्यहाँको सेनाले कारबाही जारी राखेको बताइएको छ । सो कारबाहीका क्रममा गत २४ घण्टाभित्र करिब चार तालिवान मारिनुका साथै अन्य तीन घाइते भएको अफगान गृहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अफगानिस्तानको नानर्गाहार, कान्दाहार, गजनी, फराह र हेलमान्ड प्रान्तहरु तालिवान विद्रोहीविरुद्ध गत २४ घन्टायता जारी राखेको कारबाहीका क्रममा अन्य एक तालिवानी पक्राउ परेको समेत सो विज्ञप्तिमा जनाएको छ ।
अफगान गृह मन्त्रालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिएको छ । यस कारबाहीका क्रममा अफगान प्रहरी एक समूहले तालिवानका केही हतियार पनि कब्जा गरेको बताइएको छ ।
तीन तालिवानी लडाकुलाई पक्राउ गरेर प्रहरीले हिरासतमा भाटाको तेल निकाल्न सुरु गरेको छ । अर्थात अनुसन्धानमा भाटे कारवाही सुरु गरेको हो । सो कारबाहीको क्रममा प्रहरीतर्फ भने कुनै हताहत नभएको जनाइएको छ ।
केही दिनयता भएको तालिवानविरुद्धको कारबाहीका क्रममा त्यहाँको प्रहरीलाई सफलता प्राप्त भइरहेको पनि अधिकारीहरूले जनाएका छन् ।
अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध सैनिक अफगान युद्ध सकिएको घोषणा गरी स्वदेश फर्किएका छन् । त्यसपछिको कारबाहीका क्रममा तालिवान कमजोर बन्दै गएको देखिएको छ । रासस/सिन्ह्वा














प्रतिक्रिया