काठमाडौं, १६ फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा ३० दलिय मोर्चाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले पार्टीको औचित्य नभएको बताउनुभएको छ ।
एमाओवादी नेतृत्वको ३० दलिय मोर्चाद्धारा शनिवार राजधानीको टुँडिखेल खुल्लामञ्चमा आयोजित जनसभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले कांग्रेसका एजेण्डामा समाहित भएकाले एमाले पार्टीको कुनै औचित्य नभएको बताउनुभएको हो । एमाले पार्टी कुनै पनि राजनीतिक पार्टी नभएको उहाँको आरोप छ ।
उहाँले भन्नुभयो–‘एमाले पार्टी चाहिएको पार्टी नभएर कांग्रेस एमालेको अंग हो । एमालेले अब कांग्रेसमा घुसे हुन्छ ।’ प्रचण्डले पार्टीमा प्रगतिशिल नेतालाई छातिमा हात राखेर सोच्न आग्रह समेत गर्नुभयो ।
कांग्रेसको एजेन्डामा समाहित भएकाले एमालेको आवश्यकता नभएको प्रचण्डको भनाई छ । पार्टी घोषणापत्रविपरीत एमालेले कांग्रेसलाई साथ दिएको भन्दै एमाले कांग्रेसको पुच्छर हो भन्नुभयो ।
यो पनि पढ्नुहोस् ।
नारायणकाजीले झुक्याएकाले बानेश्वरमा झडप, हेर्नुस घाइतेहरुको हालत ! (फोटो फिचरसहित)
राष्ट्रिय गान गाउँदै सुरु भयो एमाओवादी मोर्चाको जनसभा !
बानेश्वरमा झडप: प्रचण्ड पुत्रीसहित दर्जनौँ घाइते (हेर्नुस् फोटो फिचर)















प्रतिक्रिया