३० आश्विन २०८३, शुक्रबार

बानेश्वरमा झडप: प्रचण्ड पुत्रीसहित दर्जनौँ घाइते (हेर्नुस् फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baneshower-Jhadap-5

काठमाडौं, १६ फागुन । निधेषित क्षेत्रमा आन्दोलनकारी प्रवेश गर्न खोजेपछि राजधानीको नयाँ वानेश्वरमा प्रहरी र आन्दोलनकर्ता एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चाका कार्यकर्ताबीच झडप भएको छ ।

एमाओवादी नेता नरायणकाजी श्रेष्ठको नेतृत्वमा तीनकुनेबाट निस्केको जुलुसले निषेधित क्षेत्र तोडेपछि प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीको हस्तक्षेपपछि आन्दोलनकारीले प्रतिवाद गर्न खोज्दा मोर्चाका कार्यकर्ताको सुरक्षामा खटिएका प्रहरीसँग झडप भएको थियो ।

झडपमा एमाओवादी प्रचण्डकी पुत्री रेणु दाहालसचित दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् । नयाँ बानेश्वरमा सरकारले निषेधित क्षेत्र भन्दै आवतजावतमा रोक लगाएको थियो ।

निषेधित क्षेत्रमा आन्दोलनकारीले प्रवेश गरेपछि प्रहरीले लाठी र अश्रु ग्यास प्रहार गरेको छ । झडपमा दुवै पक्ष प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।

टुँडिखेलस्थित खुलामञ्चतर्फ हिडेँको जुलुसलाई प्रहरीले तिनकुनेस्थित बस् स्टपमै रोकेपछि झडपको स्थिति सृजना भएको थियो । स्थिति नियन्त्रण गर्न प्रहरीले पानीको फोहोरा र लाठी चार्ज समेत गरेको थियो ।

Maobadi-Julus-Jhadap

अहिले पनि नयाँबानेश्वर क्षेत्र तनावग्रस्त छ । स्थिति सामान्य बनाउन थप प्रहरी परिचालन गरिएको छ । झडपपछि आन्दोलनकारीले नारावाजी गरेका छन् । अहिले टुँडिखेलस्थित खुल्ला मञ्चमा एमाओवादी मोर्चाको कार्यक्रम सुरु भइसकेको छ ।

Prachanda-Kathmandu
कार्यक्रम सुरु हुनुअघि प्रचण्ड मञ्चमा

Prachanda-Kathmandu1

Maobadi-Morcha-Julus
तराई मधेशका फ्रन्टका कार्यकर्ता खुल्लामञ्चमा
Maobadi-Julus-Tinkune
तीनकुनेबाट जुलुस
Maobadi-Julus-Putalisadak1
पुतलीसडकमा यस्तो देखियो
Maobadi-Julus-Gausala
गौशलाबाट सुरु भएको जुलुस

 

Maobadi-Julus-babarmahal
बबरमहल जुलुस
Maobadi-Krishna-Mahara-Top-bahadur
एमाओवादी महासचिव कृष्णबहादुर महराले स्टेजको कमाण्ड सम्हालेका थिए

यो पनि पढ्नुस:
नारायणकाजीले झुक्याएकाले बानेश्वरमा झडप, हेर्नुस घाइतेहरुको हालत ! (फोटो फिचरसहित)