काठमाडौं, १६ फागुन । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाको जनसभा राष्ट्रिय गान बजाएर सुरु भएको छ ।
सहमतिबाटै संविधान बनाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको मोर्चाले पहिलो चरणको आन्दोलनमा इतिहासमै पहिलोपटक राष्ट्रिय गान बजाएर जनसभाको सुरुवात गरेको हो ।
मोर्चाको जनसभामा कलाकारहरुले ‘सैयौं थुंगा फूलका हामी’ बोलको राष्ट्रिय गान गाउँदा नेता कार्यकर्ताहरु आ-आफ्नो ठाउँबाट उठेर एकाध्यान भएका थिए । कार्यक्रममा ३० दलिय मोर्चाका संयोजक प्रेमबहादुर सिंहले स्वागत मन्तव्य राखेका थिए ।
















प्रतिक्रिया