२९ आश्विन २०८३, बिहिबार

आतंकवादी आइएसलाई सिध्याउन जापानको यस्तो रणनीति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ieas-ladaku

टोकियो, १५ फागुन । केही समययतादेखि विशेषगरी सिरिया र इराकमा आतङ्क मच्चाइरहेको आइएसका विरुद्ध जापानले मध्यपूर्वी राष्ट्रहरुलाई थप सहयोग गर्ने भएको छ ।

जापानले आइएसका विरुद्धको सङ्घर्षका लागि थप एक करोड पचास लाख अमेरिकी डलर बराबरको सहयोग दिने भएको जानकारी जापान सरकारले दिएको छ ।

सो जानकारी जापान सरकारले हालै गराएको समाचारमा जनाइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार यसअघि नै जापानले सो प्रयोजनमा सहयोग दिएको र अहिले आएर यो रकम थप गरेको हो ।

इस्लामिक स्टेटका अतिवादीहरुले गत महिना दुई जना जापानी नागरिकको हत्या गरेका थिए । सोही कारणले जापानले उनीहरुका विरुद्धको कारबाहीका लागि यो रकम दिने निर्णय गरेको हो ।

यसअघि नै आतङ्कवादका विरुद्धको कारबाहीका लागि रकम सहयोग गर्दा जापानी प्रधानमन्त्री सिन्जो अबेको आलोचना भएको थियो ।

तर यस सहयोगको घोषणापछि भने उहाँप्रति के कस्तो प्रतिक्रिया आउने हो भन्ने बारेमा केही पनि बताइएको छैन ।