२९ आश्विन २०८३, बिहिबार

केजरीवालले पूरा गरे वाचाः दिल्लीमा खानेपानी निःशुल्क, विद्युतको महसुल आधा घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aarbinda-kageriwal

काठमाडौं, १३ फागुन । निर्वाचनमा दिल्लीलाई निःशुल्क पानी र विद्युत पनि निःशुल्क दिने प्रतिबद्धता जनाएको आम आदमी पार्टीले वाचा पूरा गरेको छ ।

आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाल नेतृत्वको सरकारले दिल्लीका जनतालाई राहतको घोषणा गरेको हो । मार्च १ बाट लागू हुनेगरी विद्युत महसुल आधा हुनेछ भने पानी निःशल्क पाइनेछ ।

दिल्लीबासीलाई हरेक महिना २० हजार लिटर पानी निःशुल्क दिइने केजरीवाल सरकारका दिल्ली उपमुख्यमन्त्री मनीष सिसोदियाले बुधबार घोषणा गरेका छन् ।

केजरीवाल सरकारले ४०० युनिटसम्म विद्युतमा महसुल आधा घटाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आफ्नो चुनावी प्रतिवद्धतालाई पूरा गर्न दिल्ली सरकारले यस्तो घोषणा गरेको हो । यो व्यवस्था लागू भएपछि दिल्लीका ९० प्रतिशत परिवारले विद्युतको विलमा फाइदा लिन सक्ने छन् ।

दिल्ली सरकारको यो निर्णयपछि जनताहरु खुसी भएका छन् । ३६ लाख परिवारलाई यसबाट प्रत्यक्ष फाईदा पुग्नेछ ।
दिल्ली सरकारले यो निर्णय कार्यान्वयन गराउन अलग्गै बजेट छुट्याएको छ ।

त्यसका लागि केजरीवाल सरकारले २५० करोड छुट्याइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।