२९ आश्विन २०८३, बिहिबार

नेपाल टेलिभिजनको हाँस्य टेलिश्रृखंला ‘जिरे खुर्सानी’ र ‘भद्रगोल’ बन्द भयो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhadragol-jeere khursaniकाठमाडौं, ११ फागुन । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेका हाँस्य टेलिश्रृखंला ‘जिरे खुर्सानी’ र ‘भद्रगोल’ कार्यक्रम अबदेखि सञ्चालन नहुने भएका छन् ।

प्रायोजन र विज्ञापन जुटाउँदै आएको वल्ड भिजन एड्भर्टाइजिङ कम्पनी भ्रष्टाचारको अभियोगमा बन्द भएपछि हाँस्य टेलिश्रृखंला ‘जिरे खुर्सानी’ र ‘भद्रगोल’ बन्द भएका हुन् ।

देशैभरीका आम नागरिकमाझ चर्चित हाँस्य टेलिश्रृखंला ‘जिरे खुर्सानी’ र ‘भद्रगोल’ बन्द गरिएको नेपाल टेलिभिजन महाशाखाले विज्ञप्ती मार्फत जनाएको छ ।

वर्ल्ड भिजन एड्भर्टाइजिङले सिद्धार्थ बैङ्कमा विभिन्न टेलिभिजन कार्यक्रमका लागि राखेको पाँच करोड ८६ लाख बराबरको धितो रकम नक्कली सावित भएपछि यी कार्यक्रमको प्रसारण बन्द भएको महाशाखाले जनाएको हो ।

वल्ड भिजनका मालिक दिनेश श्रेष्ठलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरिसकेको छ । गत साउनमा नेपाल टेलिभिजनबाट प्रशारण हुने चार वटै हाँस्य व्यङ्ग्य कार्यक्रमको ठेक्का आफ्नो भागमा पारेको वल्ड भिजनले पछि कम रकम पर्ने जिरे खुर्सानी र भद्रगोल आफूसँग राखेर ‘तितो सत्य’ र ‘मेरी बास्सै’ मिडिया हबलाई बेचेको थियो।

मिडिया हबसँगको रकम लफडाका कारण केही महिना अघि चर्चित हाँस्य सिरियलहरु ‘तितो सत्य र मेरी बास्सै’ पनि रोकिएका थिए । यी कार्यक्रमहरु सञ्चालन गर्न टेलिभिजन महाशाखाले नयाँ टेण्डर खोल्ने तयारी गरिरहेको छ । तर यी कार्यक्रम कहिलेदेखि सञ्चालनमा आउने भन्ने टुङ्गो लाग्न सकेको छैन् ।