२९ आश्विन २०८३, बिहिबार

राजसंस्थाको अपमान गरेको आरोपमा जेल सजाय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ARREST

बैंकक, ११ फागुन । थाइल्याण्डमा त्यहाँको राजसंस्थाको अपमान गरेको आरोपमा दुई जना विद्यार्थीलाई जेल सजाय दिइएको छ ।

उनीहरुलाई दुई वर्ष छ महिनाको जेल सजाय तोकिएको समाचारमा जनाइएको छ । विश्वविद्यालयमा देखाइएको एक व्यङ्ग्यात्मक प्रस्तुतीमा राजसंस्थाको अपमान भएको भनी गएको अगष्ट महिनामा उनीहरुलाई पक्राउ गरिएको थियो ।

करिब वर्षदिनदेखि प्रहरी हिरासदमा रहेका ती युवामा २३ वर्षीय पतिवात सारियाम र २६ वर्षीय प्रोन्तिप माङ्कोङलाई सो सजाय सुनाइएको हो ।

उनीहरुको मुद्धामाथिको सुनुवाईका क्रममा सोमबार त्यहाँको अदालतले ती दुवैजना विद्यार्थीलाई दुई वर्ष छ महिनाको जेल सजाय सुनाएको हो ।

उनीहरुलाई सुरुमा पाँच वर्षको जेल सजाय सुनाउने तयारी भएकोमा उनीहरुले माफी मागेकोले आधा सजाय घटाइएको अदालतले जनाएको छ । रासस/एफपी