काठमाडौं, ११ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का वैवाहिक बन्धनमा बाँधिन लागेका छन् ।
पारसले सामाजिक सञ्जालमार्फत केही वर्षदेखिको प्रेम सम्बन्धलाई वैवाहिक बन्धनमा परिणत गर्न लागेको बताएका छन् । प्रेमिका प्राप्ति राज्यलक्ष्मी राणासँग पारसले फागुन १४ गते विवाह गर्दैछन् ।
पारस र प्राप्तिको जोडी लामो समयदेखि प्रेममा भएपनि चर्चामा आएका थिएनन् । अहिलेका क्रिकेटर शरद भेष्वाकर र अभिनेत्री निशा अधिकारीको प्रेम जस्तो सार्वजनिक भएको थिएन् । पारस र प्राप्तीबीच दुई वर्ष अघि नै इन्गेजमेन्ट भएको थियो ।
नेपाली क्रिकेटलाई विश्वस्तरमा चिनाउन सफल कप्तान पारस खड्काको जन्म २०४४ सालमा भएको थियो । उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दो खेलाडी हुन् । यसअघि नेपाली क्रिकेटर प्रदीप ऐरीले र सिम नेपाल अमृत भट्टराईसंग विवाह गरेका थिए ।
अहिले अर्का क्रिकेटर शरद भेष्वाकर र नेपाली चलचित्रकी चर्चित नायिका निशा अधिकारी प्रेममा छन् । यीनीहरुले विहे गर्ने बारेमा मुख खोलेका छैनन् । क्रिकेट कप्तान पारस खड्कालाई वैवाहिक जिवनको शुभकामना !













प्रतिक्रिया