२९ आश्विन २०८३, बिहिबार

अभिनेत्री बिपाशा बसु को संग मनाउदैछिन् जन्मदिन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bipasha-basu-bikini

मुम्बई । बलिउड अभिनेत्री बिपाशा बसु फेरी चर्चामा आएकी छिन् । भर्खरै रिलिज भएको चलचित्र अलोनबाट चर्चामा रहेकी विपाशा आफ्नो व्वायफ्रेण्डका कारण चर्चामा आएकी हुन् ।

उनका व्वायफ्रेण्डको जन्मदिन कहाँ मनाउदैछिन ? भन्ने विषयमा चर्चा सुरु भएको हो । विपाशा आफ्ना व्वायफ्रेण्ड करन सिंह ग्रोवरको जन्मदिन मनाउन गोवा जान लागेको खबर भारतीय सञ्चारमाध्यमले वाहिर ल्याएका छन् ।

गोवामा आफ्ना साथीका साथ विपाशा आफ्नो व्वायफ्रेण्डको जन्मदिन मनाउन लागेकी हुन् । करनले हालै आफ्नी दोस्री पत्नि जेनिफर विंगेट संग अगल भएर विपाशाको प्रेममा छन् । करनलाई २३ फेब्रवरीमा ३३ वर्षमा प्रवेश गर्दैछन् ।

हालै रिलिज भएको चलचित्र अलोनमा विपाशा संगै काम गरेर बलिउडमा पाइला टेकेका थिए । विपाशाले आफ्नो सामाजिक सञ्जालबाट आफ्ना व्वायफ्रेण्ड करनको जन्मदिन मनाउन गोवा जान लागेको बताएकी छिन् । आजभोली करन र बिपाशा धेरै ठाउँमा संगै बस्ने जाने देखिने गरेका छन् ।