मुम्बई । चलचित्र पिकेबाट चर्चामा आएकी बलिउड अभिनेत्री अनुष्का शर्मा अहिले फेरी चर्चामा आएकी छिन् । सडक यात्रामा निस्केको जोडीले गर्ने रोमान्समा आधारित चलचित्र ‘एनएच १०’ को सुटिङमा व्यस्त अनुष्काको कम्मरको लचक हुदाँ चर्चामा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
चलचित्र ‘एनएच १०’ को बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा अनुष्काले कम्मर लच्काउँदा बोल्नै सकिनन् । चलचित्रको प्रमोशनका लागि आयोजना गरेको कार्यक्रममा अनुष्काले बोल्नै नसकेको खबर आएको हो ।
खबरअनुसार अनुष्काको पिठ्युमा चोट लागेकाले कार्यक्रममा बोल्न नसकेको बताइएको छ । कार्यक्रममा उनले सञ्चारकर्मीलाई भनेकी छिन्–‘मेरो कम्मरमा धेरै दुखीरहेको छ । यस समयमा म धेरै उठ्न बस्न सक्दिन ।’
खबर अनुसार अनुष्का सुटिङका क्रममा घाइते भएकी बताइएको छ । तर घाइते कसरी भईन् भन्ने खुलाइएको छैन् । खबर अनुसार विराट कोहलीसंग डेटिङमा रहेकी अनुष्काको क्रिकेटर विराटले नै कम्मर लच्काउन नसक्ने बनाएको पनि बताइएको छ । यदी चलचित्र ‘एनएच १०’ले बलिउडमा राम्रो व्यापार गरेमा अनुष्काको पिठ्युमा लागेको चोट निको हुनेछ ।














प्रतिक्रिया