मुम्बई । बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा अहिले चर्चामा छिन् । उनी चर्चामा आउनुको कारण हो विहे नगरीकनै आमा बन्न लागेकाले ।
अभिनेत्री प्रिंयका चोपडाले भारतको एक म्यागजीन पत्रिकालाई दिएको अन्तर्वार्तामा आफू बच्चाको आमा बन्न लागेको सार्वजनिक गरेकी छिन् । यो वर्षभित्रै बच्चाको आमा बन्ने उनले बताएकी छिन् । त्यो पनि विहे नगरीकनै ।
आमा बन्ने खबर वाहिर आएपछि बलिउड बजारमा चर्चा सुरु भएको छ उनले कस्को बच्चालाई जन्म दिँदैछिन् भनेर ? कसैसंग पनि डेटिङ्ग, प्रेम, रिलेशनसिपमा प्रियंका बसेको खबर नआएपनि उनले कसरी यही वर्षभित्र बच्चाको आमा बन्छिन् भन्ने प्रश्न सबैको मनमा उठेको छ ?
साथै उनले म्यागजीनका लागि शानदार ग्ल्यामर फोटोशुट पनि गराएकी छिन् । प्रियंकाले बच्चाको आमा बन्न चाहेको बताएपनि कसरी आमा बन्ने विषयमा भने केही बताएकी छैनन् ।















प्रतिक्रिया