२९ आश्विन २०८३, बिहिबार

हिमालयन बोर्डिङ्ग स्कूलले जित्यो प्रथम समग्र कप लोकनृत्यको उपाधि (फोटोफिचर सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cup8

काठमाडौं, १० फागुन । समग्र विकास अभियान, नेपालको आयोजनामा भएको बूढानीलकण्ठ स्तरीय  समग्र कप लोकनृत्य प्रतियोगितामा बूढानीलकण्ठका हिमालयन बोर्डिङ्ग स्कूल प्रथम भएको छ ।

बूढानीलकण्ठका माध्यमिक विद्यालयहरुको सहभागितामा भएको उक्त प्रतियोगितामा सृष्टि ज्ञान स्कूल दोस्रो तथा बालविकास स्कूल तेस्रो भएका छन् । नव ज्ञानभूमि स्कूलले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।

cup7

प्रथम दोस्रो तथा तेस्रो हुने विद्यालयलाई क्रमशः नगद पाँच हजार, तीन हजार र एक हजार पाँच सय सहित समग्र कप, ट्रफि एवं प्रमाणपत्र तथा सान्त्वना पुरस्कार बिजेताले नगद रु एक हजार प्राप्त गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले उक्त पुरस्कार विजेतालाई प्रदान गर्नुभयो । महासचिव पोखरेलले विजेता विद्यालयलाई बधाई तथा शुभकामना समेत व्यक्त गर्नुभयो ।

cup6

संगिता लामा, गीता थापा र प्रकाश राउत रहेको निर्णायक मण्डलले प्रतियोगी नृत्यको मूल्यांकन गर्नुभएको थियो ।

संस्थाको अध्यक्ष कैलाश खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रमका सम्बन्धमा सचिव अनिता लामाले किशोर उमेर समुदायका विद्यार्थी भाइबहिनीहरुमा भएको विविध क्षमता र प्रतिभालाई प्रस्फुटन गर्दै संस्थागत ढंगले प्रस्तुति र विकास गर्दै अगाडि लैजाने अभियानमा नृत्य प्रतियोगिता गरिएको बताउनुभयो ।

cup3cup5 cup4 cup1 cup2 cup3 cup