२९ आश्विन २०८३, बिहिबार

पोर्नस्टार सन्नीले अरु नायिकालाई उछिन्दैछिन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2 ko 2मुम्बई । पोर्न चलचित्रबाट बलिउड अभिनयमा भित्रिएकी अभिनेत्री सन्नी लियोन सबैभन्दा कामुक महिला ठहरिएकी छन् ।

हालै म्यानडेट म्यागजिनले गरेको सेक्सी महिलाको सर्वेक्षणमा सन्नी लियोन सबैभन्दा अग्रस्थानमा आएकी हुन् । सन्नी लियोनलाई देख्ने बितिकै कामुकता जाग्ने सर्वेक्षण रिपोर्टमा भनिएको छ ।

हर दिन मिडिया चर्चाको विषय बन्ने गरेकी सन्नीले यो पटक बलीउडकी देसी गर्ल दीपिका पादुकोणलाई समेत पछि पारेकी छन् । सन्नीको पछिल्लो चलचित्र ‘एक पहेली लीला’ प्रदर्शनको तयारीमा छ ।

यसमा उनी बोल्ड रुपमा देखिदै छिन् । चलचित्रको केही दिन अगाडि ट्रेलर सार्वजनिक भएको थियो । ट्रेलरमा देखाइएको उनको उत्तेजक दृश्यले यति बेला बलिउड हल्लाएको छ ।

जसमा सन्नी लियोनलाई दुधले नुवाउँदै गरेको देखि अर्धनग्न अबस्थामा रोमान्स गरिरहेकोसम्म देख्न सकिन्छ । चलचित्रमा उनले महारानीको भूमिका निर्वाह गरेको भए पनि उनको अभिनयमा कामुकता भरिएको छ ।

बवी खानले निर्देशन गरेको यो चलचित्र अप्रिल १० मा रिलिज हुने बताइएको छ । चलचित्रमा अभिनेता जय भानुसाली, रजनीश दुग्गल र राहुल देव मुख्य भूमिकामा छन् ।

पूर्व पोर्नस्टार भएका कारण लीलामा सनीले कुनैपनि असहज महशुस विना नै दुनियाँ हल्लाउने रोमान्सका दृश्य दिएकी हुन् । उनले ‘एक पहेली लीला’ मा गरेको उत्तेजक दृश्यले उनी विवादमा पर्ने पक्का भएको छ ।

पूजा भट्टको चलचित्र ‘जिस्म २’बाट बलिउड प्रवेश गरेकी उनले अभिनय गरेको चलचित्र ज्याकपट र रागनी एमएमएसले पनि बलिउडमा निकै चर्चा पाएको थियो । उनको नयाँ लिलाले बजारमा कस्तो लिला मच्चाउने हो त्यो भने हेर्न बाँकी छ । ( एजेन्सी )