२९ आश्विन २०८३, बिहिबार

तेक्वान्दोमा अस्मितलाई स्वर्ण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

8काठमाडौं, ९ फागुन । आयोजक स्युचारटार तेक्वान्दो डोजाङ ‘ए’ का अस्मित रेग्मीले चौथो स्युचारटार आमन्त्रण तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् ।

पुरुष ४२ केजीको फाइनलमा उनले कास्कीका विजय गुरुङलाई हराए ।

पुरुषको ५४ केजीमा धादिङका राजेशकुमार गुप्ता, ३९ केजीमा कपनका सुशील भण्डारी, ३६ केजीमा सीतापाइलाका स्वराज मुल्लाबाबु मिया तथा ३० केजीमा सीतापाइपालका पुजन खड्काले शुक्रबार स्वर्ण जिते ।

महिलाको ४० केजीमा सीतापाइलाकी दक्षिणा शाही ठकुरी, ३४ केजीमा मोर्निङ ग्लोरीकी सविना नगरकोटी, ५३ केजीमा कोटेश्वरकी सुष्मा श्रेष्ठ तथा ४३ केजीमा सीतापाइलाकी अयेशा लामा पहिलो भए ।