२९ आश्विन २०८३, बिहिबार

को हुन बलिउड अभिनेत्री सोनाक्षी सिन्हाका ब्वायफ्रेन्ड ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SHAHID_SONAKSHI_ARJUN

मुम्बई । बलिउड ‘दबंग’ अभिनेत्री सोनाक्षी सिन्हा अहिले चलचित्र बजारमा चर्चामा छिन् । सोनाक्षीको चर्चा चलचित्रले नभई ब्वायफ्रेन्डको सम्बन्धको हो ।

धेरैले उनका ब्वायफ्रेन्ड बलिउडका उदाउदा अभिनेता अर्जुन कपुरलाई मान्छन् । तर उनका ब्वायफ्रेन्डको अझै पनि स्पष्टसंग पत्ता लाग्न नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तर, उनले ब्वायफ्रेन्ड अर्जुन कपुर नै भएपनि उनका एक्स ब्वायफ्रेन्ड पनि छन् । उनका एक्स ब्वायफ्रेन्ड हुन अभिनेता शाहिद कपुर । चलचित्र ‘आर राजकुमार’ शुटिङका क्रममा शाहिदसंग सोनाक्षी नजिकिएको जनाइएको छ ।

पछिल्लो समय यी दुई एक कार्यक्रममा संगै देखिएका छन् । खबर अनुसार उक्त कार्यक्रममा दुइटैले मज्जाले गफ समेत गरेका थिए ।

यसभन्दा पहिले पनि टेलिभिजन शो ‘कॉफी विद करन’ मा पनि शाहिद र सोनाक्षीबीच गफगाफ भएको कुरा चर्चामा आएको थियो । यद्यपी अहिले अभिनेत्री सोनाक्षी बलिउडका मोस्ट अट्रैक्टिव पर्सन अर्जुन कपुरसंग डेटिङ्गमा छिन् । शाहिद सोनाक्षीबीच जस्तोसुकै सम्बन्ध भएपनि रियल ब्वायफ्रेन्ड अर्जुन कपुर नै हुन् ।