२९ आश्विन २०८३, बिहिबार

पार्टीको चेतावनीपछि विहारका मुख्यमन्त्री जितनराम माझीले दिए राजीनामा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jitramनयाँदिल्ली ८ फागुन । भारतको पश्चिम विहार राज्यका मुख्यमन्त्रीले राजिनामा दिनुभएको छ । विहारका मुख्यमन्त्री जितनराम माझीले पार्टीको निर्देशन अनुसार शुक्रबार पदबाट राजिनामा दिएका हुन् ।

भारतीय जनता दल युनाइटेडबाट गतवर्ष मुख्यमन्त्रीको सपथ लिएका माझीले पार्टीले आफूविरुद्ध कदम चाल्ने चेतावनी दिएपछि पदबाट राजिनामा दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुख्यमन्त्री माझीलाई पार्टी विपरित चलेको भन्दै केही दिन अघिमात्र पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको थियो।

विहारका पूर्वमुख्यमन्त्री नितिश कुमारले गरेको आर्थिक परिवर्तनलाई निरन्तरता दिन नसकेको अहिलेको सत्तारुढ दल भारतीय जनता पार्टीसंग तालमेल बढेको पाइएपछि जनता दल युनाइटेडले मात्रझीलाई तत्काल पदबाट राजीनामा देउ नत्र कदम चाल्ने चेतावनी दिएको थियो।