काठमाडौं, ८ फागुन । विश्वकप क्रिकेटमा शुक्रबारको पहिलो खेलमा आयोजक टिम न्यूजिल्याण्डले विजयी हात पारेको छ ।
टस हारेर फिल्डिङमा उत्रिएको न्यूजिल्याण्डले निर्धारित ५० ओभरको खेलमा ३३.२ ओभरमै इङ्ल्याण्डका सबै विकेट लिएर १२३ रन मात्रै दिएको थियो ।
जवाफी व्याटिङमा उत्रिएको न्यूजिल्याण्डले १२४ रनको लक्ष्य २ विकेटको क्षतिमा १२.२ ओभरमै पूरा गर्यो ।
न्यूजिल्याण्डका लागि ओपनर व्याटस्म्यान ब्रेण्डन म्याककुलमले विस्फोटक ब्याटिङ गर्दै ७७ रन बनाएपछि जित सहज भएको थियो ।
यस्तै अर्का ओपनर गुप्तटिलले २२, केन विलियमसन ९, र रूस टेलरले नटआउट ५ रन बनाएपछि न्यूजिल्यान्डले सहज जित लक्ष्य पूरा गरेको हो ।
न्यूजिल्यान्डका तीव्र गतिका बलर टिम साउदीले उत्कृष्ट बलिङ गर्दै ९ ओभरमा ३३ रन खर्चेर ७ विकेट लिएका थिए । विश्वकप क्रिकेटमा ७ विकेट लिने साउदी चौथो बलर बनेका छन् ।
इंल्याण्डका लागि जोय रोर्टले सर्वाधिक ४६ रन बनाए। मोइन अलि २० इयोन मोर्गन १७ गेरी ब्यालेन्स १० रन बनाउनु बाहेक अन्यले दोहोरो रनको स्कोर छुन सकेनन् । यसअघिका दुई खेलमा न्यूजिल्यान्डले लगातार विजयी हात पारेको थियो ।














प्रतिक्रिया