२९ आश्विन २०८३, बिहिबार

विभागीय टिम त्रिभुवन आर्मी क्लव विराटगोल्ड कपको फाइनलमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

footballविराटनगर, ७ फागुन । विराटनगरमा जारी विराटगोल्ड कप फुटबल प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव फाइनल प्रवेश गरेको छ ।

विहीवार भएको सेमिफाइनलमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लवलाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै त्रिभुवन आर्मी क्लव फाइनलमा पुगेको हो ।

खेल सुरु भएको पाँचऔं मिनेटमा मनाङ मस्र्याङ्दीका लियोनेस डोडोजले पहिलो गोल गरी मनाङ मस्र्याङ्दीलाई अग्रता दिलाएका थिए । तर, मध्यान्तरपछिको ३० औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल गरी बरावरीमा खेललाई ल्याउन सफल भए ।

निर्धारित समयमा खेल बराबरी भएपछि अतिरिक्त समय थपिएको थियो । सो अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि टाइब्रेकरबाट आर्मी फाइनलमा पुगेको हो ।

लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लवले फाइनलका लागि भएको खेलमा पराजित भएपनि रु एक लाखको पुरस्कार पाएको छ । पहिलो पटक विराट गोल्डकपमा पहिलो चरणमा हार्नेलाई रु ३० हजार र दोस्रो चरणमा हार्नेलाई रु एक लाख पुरस्कारको व्यवस्था गरिएको छ ।

त्रिभुवन आर्मी क्लव र झापा–११ बीच शनिबार सहिद मैदानमै फाइनल खेल हुनेछ ।