मुम्बई । एकपछि अर्काे गर्दै बक्स अफिसमा सुपरहिट फिल्म दिइरहेका बलिउड अभिनेता अमिर खानकी छोरीले संगै फिल्म खेल्न लागेकी छिन् ।
पहलवानको कथामा आधारित आमिर खानको चलचित्र ‘दंगल’मा छोरीले पनि खेल्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दंगलमा आमिर एक जवान छोरीको बुबाको भुमिकामा देखिदैछन् ।
केही दिनपहिले दंगलमा अभिनेत्री कंगना रावत अमिरकी छोरी बन्ने भनिएपनि अहिले बलिउडकी अर्की अभिनेत्री तापसी पन्नू अमिरको छोरी बन्न लागेकी छिन् । उनले अमिरको जवान छोरीको भुमिका खेल्नेछिन् ।
यो चलचित्र प्रसिद्ध पहलवान महावीर सिंह फोगटको जिवनमा आधारित भएर निर्माण भइरहेको छ । महावीरकी छोरीले पनि कुश्ती खेलमा नाम कमाएकी थिईन् । समुदायले विरोध गरेपनि महावीरले आफ्नो छोरीलाई पहलवान सिकाएका थिए ।














प्रतिक्रिया