२९ आश्विन २०८३, बिहिबार

च्याम्पियन्स लिगमा रोनाल्डोको रियल मड्रिडले जित्ने पक्का

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

APTOPIX Germany Soccer Champions League

काठमाडौं, ७ फागुन । च्याम्पियन्स लिगमा लगातार शाल्केलाई पराजित गरेर दशौं जित हात पारेपछि विश्व फुटबल खेलका हस्ती क्रिष्टियानो रोनाल्डो रियल मड्रिडले खेलमा उच्च स्कोर बनाउने निश्चित भएको छ ।

बुधबार राती भएको खेलमा रियल मड्रिडले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा शाल्केलाई पराजित गरेर दशौं जित हात पारेको हो ।

डिफेण्डिङ च्याम्पियन रियल मड्रिडले शाल्केलाई २-० गोल अन्तरले पराजित गरेको थियो । रियल मड्रिडको च्याम्पियन्स लिगमा यो दशौं जित हो ।

हिजोको खेलमा रियल मड्रिडका लागि २६ औं मिनेटमा रोनाल्डोले गोल गरेका थिए । च्याम्पियन्स लिगमा रोनाल्डोले हिजोको गोलसंगै ५८ खेलमा ५८ गोल हानेका छन् ।

खेलको ७९ औं मिनेटमा रोनाल्डोको पासमा मार्सेलोले गोल दोस्रो गोल गरेर शाल्केलाई २-० अन्तरको फराकिलो गोलमा पराजित गर्दै रियल मड्रिडले खेल सजिलै जित्न सफल भयो ।