नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रयोग गरेको सुटको मूल्य १ करोड नाघेको छ । मोदीले लगाएको सुटलाई लिलामीमा राखिएको थियो ।
यो सुट भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति बराक ओबामाको भारत भ्रमणका बेला लगाएका थिए । खबरअनुसार मोदीको नामले प्रिन्ट गरिएको यो सुटको मूल्य ५० लाख पुग्ने अनुमान गरिएको थियो । तर अहिलेसम्म १ करोड नाघिसकेको छ ।
भारतको गुजरात राज्यको सूरतमा प्रधानमन्त्री मोदीले प्रयोग गरेको सुटको प्रदर्शनी चलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ३ दिनसम्म चल्ने प्रदर्शनीमा सर्वसाधारणले पनि उच्च मूल्यमा प्रधानमन्त्री मोदीको सुट किन्न सक्नेछन् ।
लिलाम बढाबढमा जसले सबैभन्दा बढी मूल्यमा सुट किन्नेछ, त्यसैलाई सुट दिइनेछ ।














प्रतिक्रिया