२९ आश्विन २०८३, बिहिबार

जातीय दङ्गा मच्चाउनेलाई कडा कारबाही गर्ने प्रधानमन्त्री मोदीको चेतावनी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narendra-modi

नयाँदिल्ली, ५ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनैपनि धार्मिक सम्प्रदायमाथिको आक्रमण क्षम्य नहुँने भन्दै त्यसका विरोधीमाथिको कारबाहीका लागि सबैको सहयोगको अपेक्षा गर्नुभएको छ ।

उहाँले नयाँ दिल्लीमा मङ्गलबार आयोजित एक कार्यक्रममा भन्नुभयो– कुनैपनि धार्मिक सम्प्रदायमाथिको आक्रमण सरकारलाई सह्य हुँदैन, त्यस्तालाई सरकारले कडाभन्दा कडा कारबाही गर्नेछ ।

यस्ता आक्रमणबाट देशका अल्पसङ्ख्यकमाथि त्रास फैलाउने र जातीय दङ्ग मच्चाउने कार्य नगर्न सबै क्षेत्र र समुदायका नागरिकलाई उहाँले आग्रह पनि गर्नुभयो ।

म कुनैपनि धर्मप्रतिको हिंसाको निन्दा गर्छु– उहाँले भन्नुभयो । हालैका केही दिनयता भारतका विभिन्न स्थानमा रहेका चर्चमाथि आक्रमण गरिएको घटनाको विरुद्धमा उहाँको यो अभिव्यक्ति आएको हो ।

नयाँ दिल्लीमा क्रिश्चियन् चर्च समूहले आयोजना गरेको कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।

भारतमा रहेका कुनैपनि अल्पसङ्ख्यक हुन् वा बहुसङ्ख्यक हुन उनीहरुको धार्मिक आश्थाका साथै सम्मानमा चोट पुग्ने कुनैपनि कार्यलाई मेरो सरकारले राम्रो मान्दैन– उहाँले भन्नुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक दल भारतीय जनता पार्टी हिन्दू धर्मवादी पार्टी हो । रासस