२९ आश्विन २०८३, बिहिबार

शक्तिशाली बमले प्रहरीलाई यसरी उडाए तालिवानी लडाकुले !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

afghanistan

इस्लामाबाद, ५ फागुन । प्रहरी केन्द्रको बाहिरी इलाकामा रहेको कार पार्किङ्ग क्षेत्रमा तालिवानी लडाकुले शक्तिशाली बम विस्फोटन गरेका छन् ।

समाचारअनुसार पाकिस्तानको पूर्वीय सहर लाहोरमा मङ्गलबार भएको उक्त बम विस्फोटमा सुरक्षा अधिकारी पनि मारिएको जनाइएको छ । तर एकीन हुन समाचार आउन बाँकी छ । विस्फोटनमा २ जनाले ज्यान गुमाएको प्रारम्भिक समाचारमा जनाइएको छ । विस्फोटनमा ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ ।

तरपनि त्यस विस्फोटमा परी कयौं व्यक्ति घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएको छन् । घाइतेको सङ्ख्या पनि यकिन हुन सकिरहेको छैन ।

लाहोर सहरमा रहेको एक प्रहरी केन्द्रको बाहिरी इलाकामा भएको यस विस्फोटनमा परी दुई सर्वसाधारणको मृत्यु हुनको साथै अन्य कयौ घाइते भएका सरकारद्धारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।