भक्तपुर, ५ फागुन । उद्योगमन्त्री महेश बस्नेतले मध्यपुरथिमि नगरपालिका–१६ लोकन्थलीस्थित उप्रेती कटन इन्डस्ट्रिज र गणेश कपास उद्योगमा सोमबार भएको आगलागीको मंगलबार बिहान अवलोकन गरी क्षतिबारे जानकारी लिनुभएको छ ।
सो अवसरमा मन्त्री बस्नेतलाई उद्योग सञ्चालक दोलखा पोवटी–५ घर भई लोकन्थली बस्ने बलराम उप्रेतीले विद्युत् सर्ट भएर आगलागी भएको र आगलागीबाट रु ७५ लाख बराबरको सामान क्षति भएको जानकारी दिनुभयो ।
आगलागीबाट दुईवटै उद्योगको ६ वटा मेसिन, लाखौँ बराबरको कपास, फर्निचर र विभिन्न सामान जलेर क्षति भएको सञ्चालक उप्रेतीले बताउनुभयो ।
दिउँसो विद्युत्भार कटौतीले गर्दा विद्युत् नहुने भएकाले राति विद्युत् आएको बेलामा काम गर्दै आएको उद्योगमा राति २ बजे अचानक विद्युत् चुहिएर भएर आगलागी भएको उहाँले जानकारी गराउनुभयो ।
आगलागीबाट प्रत्यक्ष रुपमा ३५ र अप्रत्यक्ष रुपमा २०० मजदुरको रोजीरोटी खोसिएको उहाँले बताउनुभयो ।
मन्त्री बस्नेतले सरकारले दिने राहत वितरणका लागि प्रक्रिया पुर्याएर निवेदन दिन आग्रह गर्दै राहतका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।













प्रतिक्रिया