काठमाडौं, ४ फागुन । भारतीय राष्ट्रिय क्रिकेट टिमका तिव्र बलर तथा व्याट्सम्यान युवराज सिंहले दिल्ली डेयरडेभिल्स जोइन गरेका छन् । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलका लागि सिंहले दिल्ली डेयरडेभिल्समा भर्ना गरेका हुन् ।
क्रिकेटर सिंह १६ करोडमा दिल्लीमा भर्ना भएका हुन् । आगामी अप्रिल महिनादेखि भारतमा आयोजना हुन लागेको ८औं चरणको आईपीएपल क्रिकेट प्रतियोगिताका लागि दिल्लीले युवराज सिहंलाई आफ्नो टिममा सबैभन्दा मंहगो मूल्यमा राखेको हो ।
आईपीएपलका १२२ खेलाडीलाई आयोजकले लिलामीमा राखेको थियो । यस्तै, रोयल च्यालेन्जर्स बैंङ्लोरले दिनेश कार्तिकलाई १०.५० करोडमा आफ्नो टिममा समावेश गराएको छ ।
दिल्लीले अर्का क्रिकेटर एन्जेलो म्याथूजलाई ७.५ करोडमा टिममा सामिल गराएको हो । भने, अमित मिश्रालाई ३.५० करोडमा समावेश गराएको हो । मुम्बई इण्डियन्सले ३.२० करोडमा एरोन फिन्चलाई समावेश गराएको छ । किङ्ग्स इलाभेन पन्जाबले ३ करोडमा मुरी विजयलाई लिएको छ ।













प्रतिक्रिया