काठमाडौं । वार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा ह्याट्रिक प्रहार गरेका छन् । मेस्सीले २३ औं ह्याट्रिक प्रहार गर्दै रियल मड्रिडलाई ठुलो झट्का दिएका छन् ।
पहिलो त उनले क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक अंक छोपेका छन् । दोस्रो ला लिगा फुटबलमा रियल मड्रिडको दुरी पनि एक अंकमा झारेका छन् ।
ला लिगामा आइतबार राति भएको खेलमा लेभान्टेलाई ५–० गोल अन्तरले पराजित गर्दै वार्सिलोना विजयी भएको हो । वार्सिलोनाको जितसंगै मेस्सीले स्पेनिस ला लिगामा आफ्नो ३०० औं खेलमा २३औं ह्याट्रिक गरेका हुन् ।
मेस्सीले २३ औं ह्याट्रिक प्रहार गरेसंगै रोनाल्डोलाई पनि झट्का लागेको हो । यी दुवै फुटबल स्टारको समान २३ ह्याट्रिक प्रहार भएको छ । बोर्सिलोनाले लिग लिडर रियल मड्रिडसँगको अंक दुरी १ मै कायम राखेको छ ।
ला लिगामा आइतबार राति घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि १७ औं मिनेटमा नेयमारले गोल गरेका थिए ।
मेस्सीले खेलको ३८ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २–० अडागी थियो । दोस्रो हाफमा पेड्रोको पासमा मेस्सीले ५९ औं मिनेटमा दोस्रो गोल गरे । नेयमारको फल पेनाल्टीमा ६५ औं मिनेटमा गोल गर्दै मेस्सीले ह्याट्रिक पूरा गरेका थिए ।
खेलको ७३ औं मिनेटमा लुईस स्वरेजले गोल गरेपछि बार्सिलोना ५–० ले विजयी भएको हो ।
लिग लिडर रियल मड्रिड २३ खेलबाट ५७ अंकका साथ शीर्ष स्थानमै छ । वार्सिलोना ५६ अंकका साथ दोस्रो स्थानमा छ ।














प्रतिक्रिया