२९ आश्विन २०८३, बिहिबार

पाकिस्तानले एकसय बहत्तर भारतीय माझी रिहा गर्‍यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakistan-flagकराची, ४ फागुन । अरेबियाली सागरमा आफ्नो जलक्षेत्र उल्लङ्घन गरेको भनी हिरासतमा लिएका १७२ भारतीय माझीलाई पाकिस्तानले आइतबार रिहा गरेको अधिकारीहरूले बताएका छन् ।

कराचीमा मालिर जिल्ला कारागारका सुपरिन्टेन्डेन्ट मोहमद हसन सेतोले सद्भावना सङ्केतको रूपमा यी १७२ भारतीय माझी रिहा गरिएको बताउनुभयो ।

अस्ट्रेलियाको एडलेडमा पारमाणविक हतियारसम्पन्न मुलुक पाकिस्तान तथा भारतबीच विश्व कप क्रिकेट खेल भएकै दिन भारतीय माझी रिहा भएका हुन् ।

सेतोले पाकिस्तानले अझै ३४९ भारतीय माझीलाई आफ्नो नियन्त्रणमा लिएको जानकारी दिनुभयो । अरेबियाली सागरको सामुद्रिक सीमा राम्रोसँग परिभाषित नभएको तथा त्यहाँका धेरै डुङ्गामा आफू रहेको सही स्थान पत्ता लगाउने प्रविधि नभएको अवस्थामा दुुबै मुलुकले माझी पक्राउ गर्ने गरेका छन् ।

दुई मुलुकबीच कमजोर कूटनीतिक सम्बन्धका कारण यसरी हिरासतमा लिइएका माझीले आफूलाई प्राप्त हुने काराबासको सजायभन्दा पनि बढी समय कारागारमा रहनुपर्ने अवस्था देखिएको छ ।

सेतोले मुक्त गरिएका माझीलाई रेलमा लाहोर लगिने र वागा सीमामा भारतीय अधिकारीहरूलाई बुझाइने बताउनुभयो । हाल दुई मुलुकबीच सीमामा यो नै एक मात्र सक्रिय सीमा प्रवेश बिन्दु हो ।