काठमाडौं, २ फागुन । भारतीय टिमका अलराउण्डर विराट कोहलीले विश्वकप क्रिकेट प्रतियोगितामा शतक प्रहार गरेपछि पास्तिानलाई ७६ रनले पराजित गर्दै भारतले शानदार विजयी सुरुवात गरेको छ ।
अस्ट्रेलियाको घरेलु मैदान एडिलेडमा जारी विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत आइतबारको दोस्रो खेलमा पाकिस्तानसंग भारतले फराकिलो रन अन्तरले विजयी हात पारेको हो । बिराट कोहलीको शतकमा भारतले ३ सय बनाएको थियो । लक्ष्य पछ्याएको पाकिस्तान ४७ ओभरमा २२४ रन बनाएर अलआउट हुदा भारतले सहज जित हात पारेको हो ।
विश्वकपमा पाकिस्तानविरुद्ध शतक हान्ने पहिलो क्रिकेटर पनि बनेका विराट कोहली । विराट कोहलीले ११९ बलमा सात चौकाको मद्दतले १०७ रन बनाएका थिए । प्रतियोगितामा शतक हानेका कोहलीले क्रिकेट दुनियाका मास्टर ब्लास्टर सचिन तेन्दुलरको विश्वकप रेकर्ड पनि ब्रेक गरेका छन् । मास्टर ब्लास्टर तेन्दुल्करले पाकिस्तानविरुद्ध विश्वकपमा ९९ रन बनाएका थिए ।
भारतले टस जितेर पहिले ब्याटिङ गरेको थियो । भारतका लागि रोहित शर्मा र शिखर धवनले ओपनीङ खाता खोलेका थिए । यी दुवैले ३४ रनको साझेदारी गरे । क्रिकेटर शर्मा १५ रनमा आउट हुदाँ धवनले दोस्रो विकेटका लागि विराट कोहलीसँग १ सय २९ रनको साझेदारी गरे।
क्रिकेटर धवनले ७३ रन बनाए्रर रनआउट भए । शतक हान्ने कोहलीले १ सय ७ रन बनाएर क्याच आउट भए । भारतका आक्रामक ब्याट्सम्यान सुरेश रैनाले ७४ रन बनाए। कप्तान महेन्द्रसिंह धोनी १८ रन जोड्दै आउट भएका थिए । उता पाकिस्तानको सुरुवात बोलियो हुन नसक्दा प्रतियोगितामा पराजय व्यहोर्नुपर्यो ।
यस्तै, विश्वकप क्रिकेटमा आइतबार भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले जिम्बाबेलाई ६२ रनले हराएको थियो । हेमिल्टनमा जिम्बाब्बे विरूद्ध पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ८३ रन जोड्दा चार विकेट गुमाइसकेको थियो ।
तर, मिलर र डुमिनीले पाँचौ विकेटका लागि अविजित २ सय ५६ रनको साझेदारी गरेपछि दक्षिण अफ्रिकाले ५० ओभरमा चार विकेट गुमाएर ३ सय ३९ रन बनायो ।
आक्रामक ब्याटिङ गरेका मिलरले मात्र ९२ बलमा सात चौका र नौ छक्काको मद्दतमा अविजित १ सय ३८ रन बनाए । डुमिनीले १०० बलमा नौ चौका र तीन छक्कासहित अविजित १ सय १५ रन बनाए ।
जिम्बाबेका पान्यननार, चतारा, चिगाम्बारा र कामान गोजिले समान १/१ विकेट लिए । दक्षिण अफ्रिकाले जिम्बाबेलाई ४८।२ ओभरमा २७७ रन जोड्दा प्याक गर्यो । जिम्बाबेका लागि मासमकाजाले सबैभन्दा बढि ८० रन बनाए । ७४ बल सामना गरेका उनले ८ चौका र २ छक्का प्रहार गरे । त्यस्तै ओपनर चुबाबाले ६४ र टेलरले ४० रन जोडे ।
एजेन्सीको सहयोमा














प्रतिक्रिया