काठमाडौं, ३ फागुन । फुटबलका स्टार क्रिस्टियानो रोनाल्डोले अर्का स्टार खेलाडी लियोनल मेस्सीको वार्सिलोनालाई ४ अंककै दुरीमा राखेको छ । घरेलु मैदानमा जारी स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले हिजोको खेलमा अंक जोड्दै चार अंकको अग्रता कायमै राखेको हो ।
शनिबार राति भएको खेलमा रियल मड्रिडले डिपोर्टिभोलाई २–० गोल अन्तरले पराजित गरेको छ । २२ औं मिनेटमा इस्कोको गोलबाट अग्रता लिएको रियलका लागि ७३ औं मिनेटमा करिम बेन्जिमाले गोल गरे ।
जितपछि रियल मड्रिडको २३ खेलबाट ५७ अंक भएको छ । भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको ५३ अंक छ र उसले एक खेल कम खेलेको छ । यसअघि वार्सिलोनाले रियल मड्रिड संग एक अंकको मात्रै दुरी राखेको थियो ।
एजेन्सीको सहयोगमा













प्रतिक्रिया