काबुल, ३ फागुन । अफगान राष्ट्रिय सैनिक एएनएले तालिवानविरुद्ध जारी राखेको कारबाहीका क्रममा गएको ४८ घण्टामा कम्तीमा पनि ७९ व्यक्ति मारिएका छन् ।
अफगान गृह मन्त्रालयका अनुसार अफगानिस्तानबाट नेटो सैनिकले बिदा लिएको भए पनि दिनहुँजसो त्यहाँको सेनाले कारबाही जारी राखेको बताइएको छ ।
गत ४८ घण्टाभित्र अफगानिस्तानको ६ वटा प्रान्तमा जारी रहेको कारबाहीको क्रममा कम्तीमा ७९ आतङ्ककारी मारिनुका साथै अन्य २३ जना घाइते भएका छन् । त्यसगरी सोही कारबाहीको क्रममा अन्य ६ जना तालिवानी पक्राउ परेका गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
यस कारबाहीका क्रममा एएनएले तालिवानका भारी हतियार पनि कब्जा गरेको बताइएको छ । यस कारबाही क्रममा सडक किनारमा राखिएको बम र बारुदी सुरुङ आक्रमणमा ६ जना एएनएका सदस्यले ज्यान गुमाएका पनि सो विज्ञप्तिमा जनाइएको छ ।
केही दिनयता भएको तालिवानविरुद्धको कारबाहीका क्रममा त्यहाँको प्रहरीलाई सफलता प्राप्त भइरहेको पनि अधिकारीहरूले जनाएका छन् ।
अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध सैनिक अफगान युद्ध सकिएको घोषणा गरी स्वदेश फर्किएका छन् । त्यसपछिको कारबाहीका क्रममा तालिवान कमजोर बन्दै गएको देखिएको छ ।














प्रतिक्रिया