२९ आश्विन २०८३, बिहिबार

भ्यालेन्टाइन डेमा कुटिए मायालु जोडी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Valentines Day Love Wallpaper

काठमाडौं, ३ फागुन । विश्वभरका मायालु जोडीहरु एकअर्कामा हराइरहेका बेला भारतमा भने उनीहरुले कुटाई खानुपरेको छ ।

भ्यालेन्टाइन डे विरुद्द सडकमै उत्रेको भारतको उत्तर प्रदेशस्थित एउटा दलका कार्यकर्ताले पार्कमा रमाइरहेका मायालु जोडीलाई खोजी खोजी कुटे ।

भ्यालेन्टाइन डेले भारतीय संस्कृतिमाथि अतिक्रमण गरेको भन्दै उत्तर प्रदेशस्थित बजरंगी दलका दर्जनौँ कार्यकर्ता लाठीसहित सडकमा उत्रेर प्रेमीजोडीमाथि आक्रमणमा उत्रेका आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

उनीहरुले पार्कमा बसेका प्रेमी जोडीलाई खुलेआम कुटेर आतंक मच्चाएका हुन् ।

लखनउको हतरजगञ्जमा नाराबाजीसहित सडकमा उत्रेका उनीहरुले आफूलाई भारतीय संस्कृतिका रक्षक बताएका थिए ।