काठमाडौं, २ फागुन । भर्खरै विश्वकप क्रिकेटमा लागि छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले ‘३ म्याच’ आफ्नै घरेलु मैदानमा खेल्न पाउने भएको छ । आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपका खेलहरुमा नेपालले ‘३ म्याच’ आफ्नै मैदानमा खेल्न पाउने भएको हो ।
यस्तो निर्णय क्रिकेटको सर्वाेच्व निकाय आइसिसीले गरेको हो । आइसिसीले शनिबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल अप्रिल वा जुन महिनामा नेपालकै घरेलु मैदानमा खेल्न पाउने छ । नेपालको पहिलो खेलमा स्कटल्याण्डसँग भिड्न्त हुनेछ ।
यस्तै, दोस्रो र तेस्रो खेल नेपालले आफ्नै घरेलु मैदानमा खेल्न पाउने भनेर आइसिसीले भनेको छ । आइसिसीका अनुसार नेपालले दोस्रो खेल अगस्टदेखि नोभेम्बरको बीचमा पपुवान्युगिनीसँग खेल्दैछ । भने, तेस्रो खेल अर्काे वर्ष सन् २०१६ को फ्रेबु्रअरीदेखि जुनको बीचमा नामिबियासँग खेल्नेछ ।
नेपालले चौथो खेल नेदरल्याण्डसँग खेल्नेछ । त्यसका लागि उसकै घरेलु मैदानमा जानुपर्नेछ । यो खेल सन् २०१६ कै अगस्टदेखि नोभेम्बरको बीचमा खेल्द्यनुपर्नेछ । नेपालले पाँचौ खेल घरेलु मैदानमा केन्यासँग खेल्ने छ । यो खेल सन् २०१७ को फ्रेबुअरीदेखि जुनको बीचमा हुने आइसिसीले जनाएको छ ।
यस्तै नेपालले छैटौं खेल सन् २०१७ को जुलाईदेखि नोभेम्बरको बीचमा हङकङसँग उसको घरेलु मैदानमा खेद्यनुपर्नेछ । यस्तै सातौ खेल भने नेपालले युएईसँग खेल्ने छ। सातौ चरणमा सबै ८ टिमले एउटै स्थानमा खेल्नुपर्नेछ । त्यसका लागि खेल मैदान सार्वजनिक गरिएको छैन् । सातौ चरणको खेल सन् २०१७ को डिसेम्बरतिर हुनेछ ।
च्याम्पियनसिपमा ५० ओभरका खेल हुनेछन् । आइसिसीका अनुसार सातौ चरणको खेलपछि शीर्ष स्थानमा रहने टोलीहरुले सन् २०१८ को विश्वकप छनोट चरण खेल्न पाउने छन् । वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको विजेतालाई सन् २०१८ मा आइसिसी एक दिवसीय र्याकिङमा समेत सहमागि गराइनेछ ।
गत साता आसिसीले नेपाल र केन्यालाई आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन १ मा बढुवा गर्दै वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा सहभागि गराउने निर्णय गरेको थियो । अहिले नेपाली टिम बन्द प्रशिक्षणमा छ ।














प्रतिक्रिया