काठमाडौं, २ फागुन । शनिबारबाट सुरु भएको विश्वकप क्रिकेटमा न्यूजिल्याण्ड र अष्ट्रेलियाले विजयी सुरुवात गरेका छन् ।
विश्वकप क्रिकेटको पहिलो खेलमा न्यूजिल्याण्डले सविकको उपविजेता श्रीलंकालाई ९८ रनको फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदान हृयाली ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ६ विकेटको क्षतिमा ३३१ रन बनायो ।
विश्वकप क्रिकेटमा शनिवार भएको दास्रो खेलमा आयोजक अष्ट्रेलियाले इङल्याण्डलाई १११ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै ३४२ रन बनाएको थियो।
न्युजिल्याण्डका लागि कोरी एन्डरसनले ४६ बलमा ८ चौका र २ छक्काको मदतमा सबार्धिक ७५ रन बनाए । कप्तान ब्रेन्डन म्याकुलमले ६५, केन विलियमसनले ५७ र मार्टिन गुप्टिलले ४९ रन बनाए । हार व्यहोरेको श्रीलंकाका सुरंगा लकमल र जीवन मेण्डिसले समान २÷२ विकेट लिए ।
३३२ रनको लक्ष्य पक्षाएको श्रीलंका ४६.१ ओभरमै २३३ रनमा अलआउट भयो । उसका लागि लागि थिरिमानेले ६५ तथा कप्तान एन्जेलो म्याथुजले ४८ रन बनाए पनि टीमको हार टार्न सकेनन् । न्यूजिल्याण्डका ट्रेन्ट्र बोलट, टिम साउदी, डानियल भिट्टोरी, एडम मिल्न र कोरी एन्डरसनले समान २÷२ विकेट लिए ।
यस्तै, दोस्रो खेलमा अष्ट्रेलियाका लागि एरोन फ्रिन्चले सर्वाधिक १३५ रन बनाए । यस्तै ग्लेन म्याक्वेलले ६६ रनको योगदान दिए । ३४३ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको इङ्ल्याण्ड ४१.५ ओभरमा अलआउट हुँदै २३१ रनमा खुम्चिएको थियो ।
इङ्ल्याण्डका लागि जेम्स टेलरले सर्वाधिक ९८ रन बनाएपनि अन्य व्याट्सम्यान चल्न सकेनन् । अष्ट्रेलियाका लागि मिचेल मारासले सर्वाधिक ५ विकेट लिए । उनले विश्वकपको पहिलो खेलमा नयाँ किर्तिमान समेत बनाएका छन् ।














प्रतिक्रिया