काठमाडौं, २ फागुन । एमसिएस बर्ड मोबाइल मेला शनिवारदेखि राजधानीको सहर न्युरोडमा सुरु भएको छ ।
न्युरोड स्थित पाको मोबाइल बजारमा रहेको एमसिएस मोबाइल ग्यालरीले आफ्नो १२औं वार्षिकोत्सवमा आयोजना गरेको मोबाइल मेलामा ‘भ्यालेन्टाइन डे’ को अवसरमा विशेष छुटको व्यवस्था समेत गरिएको छ । मोबाइल मेलामा ग्राहकले बर्ड मोबाइल एउटा मोबाइल खरिद गर्दा अर्काे मोबाइल सित्तैमा दिने योजना ल्याएको हो ।

शनिवार मोबाइल मेलाको उद्घाटन सभासद् ध्यान गोविन्द रंजित, मोबाइल व्यवसायी संघका अध्यक्ष आविष्कार लाल श्रेष्ठ, बर्ड मोबाइलका चेयरमेन सुरेन्द्र खनाल, बर्ड मोबाइलका ब्राण्ड एम्बासडरद्धय भद्रगोलका हास्य कलाकार (हरिस निरौला) कक्रोज तथा सागर लम्साल (बले) ले संयुक्त रुपमा गरेका थिए ।
मोबाइल मेलामा बर्डको थ्रिजी सपोर्ट गर्ने नयाँ ट्यावलेट बि १००० को लञ्च गरिएको छ । ‘भ्यालेन्टाइन डे’बाट लागु हुने यो बर्ड मेलामा बर्ड मोबाइलका बिभिन्न मोडलमा यो अफर दिइएको एमसिएस मोबाइल ग्यालरीका प्रबन्ध निर्देशक मनोज मानन्धरले जानकारी दिनुभयो ।
प्रबन्ध निर्देशक मानन्धरका अनुसार मेला स्टलमा राखिएका बर्ड मोबाइलका मोडलहरु लिडर्स प्लस किन्दा जि फाइभ सित्तैमा पाइने तथा अप्टिमा स्मार्ट एन्ड्रोइड किन्दा एन्ड्रोइड स्र्माट फोन सित्तैमा उपलब्ध गराइएको छ ।
यस्तै, बर्ड मोबाइलको एस ११, जि ६, जि ७, एच ५, एच २, बि १०८, ट्याबलेट डब्लु ७, लिडर लगायतका माबाइल सेटमा भारी छुटको व्यवस्था गरिएको एमसिएस मोबाइल ग्यालरीले जनाएको छ ।
विगत लामो समयदेखि लेटेस्ट एण्ड ब्राण्डेड मोबाइलको कारोबारमा ख्याती कमाएको एमसिएस मोबाइल ग्यालरीमा नेपालमा उपलब्ध सबै मोबाइल कम्पनीका ब्राण्डेड मोबाइलको कारोबार भइरहेको छ ।
बर्ड मोबाइलको बजार विस्तारमा एमसिएस मोबाइल ग्यालरीले बिशेष योगदान दिएका कारण ग्यालरीको बार्षिक उत्सवमा सहकार्य गर्दै कम्पनीका विभिन्न मोडलमा छुट उपलब्ध गराएको ग्याजेट्स नेपाल (बर्डमोबाइल)का प्रबन्ध निर्देशक दिपक कुमार भुजेलले बताउनुभयो । यो योजना एक हप्ता सम्म चल्ने छ ।
















प्रतिक्रिया