२९ आश्विन २०८३, बिहिबार

भारतमा यात्रुवाहक रेल दुर्घटना हुदाँ दश जनाको मृत्यु, १५० घाइते

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

train-accidentनयाँदिल्ली, १ फागुन । भारतमा रेल दुर्घटना हुदाँ १० जनाले ज्यान गुमाएका छन् । भने, १५० भन्दा बढी घाइते भएका छन् । दक्षिणी भारतीय राज्य कर्नाटकमा शुक्रबार लिगबाट छुटिएर रेल दुर्घटना भएको थियो ।

यस दुर्घटनामा परी अन्य १५० व्यक्ति घाइते भएका एक वरिष्ठ प्रहरी अधिकारीले जनाएका छन् ।

प्रान्तीय राजधानी बेङ्गलोरनजिकै भएको यस दुर्घटनामा रेलका नौ वटा डिब्बा पटरीबाट छुटिएर दुर्घटना हुँदा सात यात्रुको दुर्घटनास्थलमै मृत्यु भएको र अन्य तीनको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा घाइते भएका व्यक्तिहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको र ती व्यक्तिहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।

बेङ्गलोर र कोची छिमेकी प्रान्तमा केरलाबाट गइरहेको यो रेलबाट उद्वारकर्ताहरुले तानेर यात्रुहरु निकालिरेहेको स्थानीय टेलिभिजनले देखाएको थियो ।

दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ ।