२९ आश्विन २०८३, बिहिबार

आईएमईले सुरु गर्‍यो फेसबुक प्रतियोगिता, हप्तैपिच्छे उपहार जित्ने अवसर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IME-Fantasy-Cricket-World-Cup

काठमाडौँ, १ फागुन । सामाजिक सञ्जालमा आबद्ध क्रिकेटप्रेमी सेवाग्राहीलाई लक्षित गरी आईएमई लिमिटेडले ४५ दिने “आईएमई फेन्टासी क्रिकेट वल्र्डकप” फेसबुक प्रतियोगिता संचालन गरेको छ ।

शुक्रबारबाट सुरु यस प्रतियोगितामा सबै नेपाली फेसबुक प्रयोगकर्ताहरु प्रतिष्पर्धीको रुपमा सहभागी हुन पाउनेछन् । सहभागिताको लागि कम्पनीको आधिकारिक फेसबुक पेज www.facebook.com/imeremit मा लग इन गरि कन्टेस्ट एपमा जानुपर्नेछ । दर्र्ता प्रक्रिया पश्चात् प्रतियोगिताले तत्काल १० हजार अंक प्राप्त गर्नेछन् । सहभागीको प्रत्येक वल्र्डकपको नतिजाको आधारमा अंक घटबढ हुनेछ । ४५ दिनको अवधिमा प्रतियोगिता मध्य उच्चतम अंक पुर्वानुमान प्राप्त गर्ने प्रतियोगिलाई बिजयी घोषित गरिने आइएमईका बजार तथा ब्यापार प्रबद्र्धन प्रमुख डेनियलदास श्रेष्ठले जानकारी दिनुभयो ।

बिजेताले ३२ इन्चको सामसुङ एलइडी टेलिभिजन, एक थान डीस होम स्मार्ट बक्स र तीन महिनाको लागि डीस होम रिचार्ज प्राप्त गर्नेछन् । यसका अतिरिक्त प्रतियोगी मध्येबाट ‘लक्की ड्र मार्फत’ फरक फरक विधामा दुई जनालाई डीस होम स्मार्ट बक्सद्वारा पुरस्कृत गरिनेछ ।

साथै, कम्पनीको आधिकारिक फेसबुक पेजमा पोष्ट भएका प्रश्नको सही उत्तर दिने प्रतियोगीलाई साप्ताहिक ‘लक्की ड्र मार्फत’ एनटीसी तथा एनसेलको रिचार्ज कार्ड प्रदान गरिनेछ । प्रतियोगी सबैको नतिजा कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत् सार्वजनिक गरिनेछ ।

आईएमई लिमिटेड (साबिकको इन्टरनेशनल मनी एक्सप्रेस प्रा लि) नेपालको नम्बर १ रेमिटेन्स कम्पनी हो । विश्वका विभिन्न देशमा अन्र्तराष्ट्रियस्तरको विप्रेषण सेवा दिदैँ आएको आईएमई नेपाल राष्ट्र बैंकको इजाजतमा सन् २००१ मा स्थापना भएको हो । सबैभन्दा ठूलो परिमाणमा देशमा विप्रेषण भित्र्याउँदै आएको यस कम्पनीका विश्वका २५ देशमा १ लाख भन्दा बढी, नेपालमा ११० आईएमई सेन्टर र ३ हजार २ सय शाखा सञ्जाल रहेको आइएमईबाट जारी विज्ञप्तिमा उल्लेख छ ।