बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

नयाँ आर्थिक वर्षमा ८ खर्बको बजेट आउने, आर्थिक वृद्धिदर ६.५ प्रतिशत पुर्‍याइने

दैनिक नेपाल २०७१ माघ २६ गते १९:३५

budget-nepalकाठमाडौँ, २६ माघ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष ०७२/०७३ का लागि सात खर्ब ३५ अर्ब ४७ करोडको बजेट सीमा निर्धारण गरेको छ ।

आयोगका उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलको अध्यक्षतामा बसेको स्रोत समितिको बैठकले आगामी आवमा रु पाँच खर्ब १२ अर्ब राजस्व स्रोतबाट जुटाउने निर्णय गरेको छ ।

बैठकले रु ७५ अर्बको वैदेशिक ऋणसहित रु एक खर्ब ४८ अर्ब वैदेशिक सहयोग लिने र रु ७४ अर्ब आन्तरिक ऋण उठाउने तयारीसहितको बजेट तयार गरेको आयोगका सदस्य डा चन्द्रमणि अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त बजेटको परिचालनबाट आगामी आवको आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ भने मुद्रास्फिति सात प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ ।

आयोगले उक्त बजेटले पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिनुका साथै ऊर्जाको विकास, कृषि क्षेत्रको आधुनीकरण र सामाजिक विकासका संरचना तयार गर्ने कार्यलाई केन्द्रमा राखेको छ ।

त्यसैगरी पर्यटन क्षेत्रलाई पनि बजेटले प्राथमिकता दिएको उल्लेख गर्दै सदस्य डा अधिकारीले आयोगले आगामी दिनमा मन्त्रालयगत बजेट सीमा तोकेर बजेट तोकेर कार्यक्रम निर्धारण गर्न पठाउने जानकारी दिनुभयो ।

आयोगले यसअघि जिल्लालाई पठाएको करिब रु ८० अर्ब बजेट घटाएर बाँकी रकम मन्त्रालयमा पठाउने तयारी गरिने डा अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित