काठमाडौं, २५ माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले २५ वर्षपछि अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेको नयाँ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा उत्रिएको छ ।
यूरोपको फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेको ए ३२०–२०० सिरिजको जहाज आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो। नयाँ जहाज दिउँसो ४.४५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
जहाजको नाम सगरमाथा राखिएको छ । नयाँ जहाज अवतरण भएको दुई महिनापछि दोस्रो जहाज आइपुग्ने वायुसेवा निगमले जनाएको छ । निगमका अनुसार एकमहिनापछि आउने जहाजको नाम लुम्बिनी राखिएको छ । निगमले ल्याएको जहाजमा १ सय ५० सिट हुन्छन् । तर निगमले यसमा सिट बढाएर १ सय ६४ बनाएको थियो । अहिले निगमका दुईवटा जहाजले काठमाण्डौंबाट दोहा, हङकङ, बैंकक र क्वालालम्पुरको उडान गरिरहेका छन् ।
यसअघि २०४४ असोजमा निगमले अन्तराष्ट्रिय उडानका लागी दुइटा जहाज लिइएको थियो । आइतबार आइपुगेको सगरमाथा जहाजलाई निगमले आफ्नो ह्यांगरमा पार्किङ्ग गरी पञ्चेबाचा र पञ्चकन्या सहितको स्वागत र हिन्दु विधि अनुसार पूजा कार्यक्रम समेत गरेको छ ।
जहाजमा ८ वटा विजनेस क्लास श्रेणीका र १ सय ६५ वटा इकोनोमी श्रेणीका सिट छन् । यो जहाज निगमका पूराना गन्तव्यसहित दैनिक दिल्ली उडान गर्ने तालिका छ ।
निगम २०७० असारमा एयरबस कम्पनीबाट दुइटा जहाज खरिद गर्ने सम्झौता गरे अनुसार यो पहिलो जहाज हो । दुइटा न्यारोबडीका जहाज खरिद गर्न निगमले २०७० जेठमा १० अर्ब ऋण सम्झौता गरेको थियो ।














प्रतिक्रिया