२९ आश्विन २०८३, बिहिबार

भन्सार दर घटाउन चार्टर्ड एकाउन्टेन्ट्स सघंको माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ca-sang

काठमाडौं, २२ माघ । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले भन्सार दर घटाउनुपर्ने माग अघि सारेको छ ।

विहीवार उच्चस्तरीय कर प्रणाली पुनरावलोकन आयोगलाई ५३ वुँदे सुझाव सुझावपत्र बुझाँउदै संघले व्यवसायीहरु मर्कामा परेकाले सरकारले भन्सार दरमा सहुलियत दिनुपर्ने माग राखेको हो ।

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका अध्यक्ष भरत रिजालले भन्सार दर निकै बढी भएकाले घटाउन माग गरिएको जानकारी दिनुभयो । उहाँले सुझावपत्र कर आयोगका अध्यक्ष डा. रुप खड्कालाई बुझाएका थिए । संघले आफ्ना सदस्यहरुबाट कर सम्बन्धि नीतिगत, संरचनागत तथा कानूनी रुपमा गर्नु पर्ने सुधार सम्बन्धमा सुझावहरु संकलन गरेको थियो ।

कर सम्वन्धि नीति २० बर्षसम्म परिवर्तन नगर्ने, कर प्रशासन तथा कर लगाउने सम्बन्धमा छुट्टाछुट्टै कानुन बनाउनु पर्ने, सम्पूर्ण करहरु स्वयं कर निर्धारण प्रणालीमा आधारित हुनुपर्ने, कर निर्धारणको पुनरावलोकन गर्न वेग्लै कर प्राधिकरण गठन गर्ने लगायतका सुझावलाई संघले संकलन गरी आयोगलाई बुझाएको हो ।

त्यसैगरी कर लेखापरीक्षण विशेषज्ञ व्यक्तिबाट मात्र गर्ने, कर प्रशासनले कर कानूनको व्याख्यागर्न पाउने अधिकार दिन नहुने, करदातालाई हतोत्साही गर्न नहुने, आय विवरणको ढाँचामा आवश्यक परिवर्तन गर्नु पर्ने, शैक्षिक तथा स्वास्थ्य संस्थाहरुलाई कम दरमा कर लगाउनु पर्ने, राजस्व न्यायाधिकरण कर विभागभन्दा स्वतन्त्र हुनु पर्ने, जेष्ठ नागरिकलाई आफूले तिरेको कर फिर्ता दिइनुपर्ने, मतियारको परिभाषा स्पष्ट हुनु पर्ने तथा खरीद विक्री खाता स्वयं प्रमाणित गर्ने लगायतका बुदाहरु समेटिएका छन् ।

आयोगका तर्फबाट अध्यक्ष डा. रुप खड्काले अत्यन्त विशिष्ट प्रकारका सुझावहरु दिएकोमा धन्यवाद दिदै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको मागप्रति आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो । छलफल प्रक्रियाबाटै कर नीतिमा संशोधन गर्न सकिने उहाँको भनाई थियो ।