२९ आश्विन २०८३, बिहिबार

चीन रिसाएपछि भारतीय प्रधानमन्त्री मोदी फकाउन जाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-ping

नयाँ दिल्ली, १८ माघ । अमेरिकासंग नजिक भएपछि भारतसंग रिसाएको चीनलाई फकाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाने भएका छन् । चीनको भ्रमण रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारतीय प्रधानमन्त्री मोदीले मे महिनामा भ्रमण गर्ने बताउनुभयो ।

विदेशमन्त्री स्वराजले बेइजिङमा भारतीय पत्रकारहरूलाई प्रधानमन्त्री मोदी मे महिनामा चीन आउनुहुने र आफूले आजै त्यसका लागि मिति दिने बताउनुभयो । उहाँले आफ्नो भ्रमण त्यसको तयारी भ्रमण भएको बताउनुभयो ।

स्वराजले आफ्ना चिनियाँ तथा रसियाली समकक्षीसँग यस भ्रमणमा त्रिपक्षीय वार्ता गर्नुभएको छ । उहाँले गत वर्ष पदभार वहन गरेपछि यो चीनको उहाँको पहिलो औपचारिक भ्रमण हो ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले गत साता भारतको उच्चस्तरीय भ्रमण गर्नुभएको थियो । उहाँको भ्रमण दुई मुलुकबीच सम्बन्ध बलियो बनाउनु रहेको थियो । ओमेरिका यस क्षेत्रमा चीनको क्षेत्रीय प्रभाव कम होस् भन्ने चाहन्छ ।

उक्त तीन दिने भ्रमणका समयमा कुनै पनि पक्षका नेताले चीनको नाम नलिए पनि अमेरिकी राष्ट्रपति ओबामाले भारतको एसिया तथा प्रशान्त क्षेत्रमा बढ्दो भूमिकालाई स्वागत गर्नुभयो । उहाँले यस क्षेत्रको जलक्षेत्रमा निर्बाध आवातजावत कायम हुनुपर्ने बताउनुभएको थियो ।

दक्षिणी चीन जल क्षेत्रको प्रायः भागमा बेइजिङले आफ्नो सार्वभौमसत्ता भएको दाबी गरेको छ । प्रधानमन्त्री मोदीले चीनका विषयमा अघिल्लो सरकारले भन्दा निश्चयात्मक नीति लिनुभएको छ ।

विशेषज्ञहरूले प्रधानमन्त्री मोदीलाई भारतको अर्थतन्त्र विकास गर्न चीनको लगानी आवश्यक भएकाले उहाँले चीनलाई नपन्छाउने बताएका छन् ।v