इराक, १८ माघ । उमेर अनुसार ७० वर्षका वृद्धले हिड्न पनि छाडिसकेका हुन्छन् । तर उनले २५ वर्षे जवान उमेरको तागत देखाउलान कसैलाई नलाग्ला ।
तर इराकमा यस्तै भएको छ । २५ वर्षे जवानीको तागत देखाउदै एक वृद्ध व्यक्तिले आइतबार प्रान्तीय राजधानी टिक्रिटमा इस्लामिक स्टेट आइएसका सात लडाकूलाई मारेरका छन् ।
इराकको उत्तरी भागमा पर्ने मध्य प्रान्त सलाहुदिनमा आइएसद्वारा हत्या गरिएको आफ्ना छोराको हत्याको बदला लिनको लागि उनले गोली हानी ती लडाकुको हत्या गरेको प्रान्तीय सुरक्षा स्रोतले जनाएको छ ।
प्रान्तीय राजधानी टिक्रिटको एक जाँचचौकीमा आइतबार बिहान बासिल रमादान नामक ६० वर्षीय ती व्यक्तिले आइएस लडाकू समूहकै एक एके–४७ बन्दुक खोसेर सात लडाकूको गोली हानी हत्या गरेका जनाइएको छ ।
आइएस लडाकू्ले रमदानलाई गोली हानी हत्या गर्नु अगाडि नै उनले सात लडाकूको हत्या गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
एक महिना अगाडि रमादानका छोरा अहमदको आइएस लडाकूले हत्या गरेका थिए । अहमद विश्वविद्यालयका विद्यार्थी थिए ।
सन् २००७ को सुरुमा इराकको राजधानी बग्दाददेखि १७० किलोमिटर टाढा टिक्रिटमै अल कायदा आतङ्ककारी समूहले उनका अर्का छोराको पनि हत्या गरेका थिए ।













प्रतिक्रिया