काठमाडौँ, १७ माघ । नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
उपत्यका बाहिरका लमजुङ, तनहुँ, कास्की, पर्वत र म्याग्दीमा भूकम्पको धक्का महसुस गरिएको हो ।
राति पौने आठ बजे भूकम्प गएको पोखरा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्रीले जानकारी दिनुभएको छ । फेरि पनि भूकम्प आउन सक्ने आशंकाले त्यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले कास्कीको बाटुलेचौरभन्दा माथिल्लो क्षेत्रको पहाडी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको आशंका गरिएको बताउनुभएको छ । उहाँका अनुसार, निकै ठूलो आज आए पनि कुनै क्षतिको विवरण आइसकेको छैन ।
पर्वतबाट पत्रकार दुर्गाप्रसाद शर्माले भने म्याग्दी र कास्कीको सिमानालाई केन्द्रबिन्दू बनाएर ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको आशंका गरिएको जनाएका छन् ।
















प्रतिक्रिया