काठमाडौं, १७ माघ । पैसाकै लागि एमाओवादीले संविधान बन्न नदिएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरबौ पैसा पाएमा एमाओवादी सहमतिमा आउने बताउनुभएको छ ।
शनिबार एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘एमाओवादीले पैसा नपाएका कारण संविधानसभामा तोडफोड गर्यो, संविधान आउन दिएन् । २ अर्ब ३ करोड दिन्छु भनेर भन्दा संसदको अवरोध हट्यो ।’
एमाले अध्यक्ष ओलीले माओवादी लगायतका मधेशी पार्टी पैसामा विक्ने भन्दै ५ देखि १० अर्ब पाए संविधान बनाउन फटाफट तयार हुन्छन, र एक महिनामै संविधान आउने बताउनुभयो ।
संविधान नबनाएर राजनीतिक तमासा गर्न माओवादीले चाहेको अध्यक्ष ओलीको भनाई थियो । तोडफोड सम्म गर्ने पार्टीले कहाँ संविधान चाहन्छ र ?’ विपक्षी दलहरु नआएपनि प्रक्रिया अघि बढिसकेकाले अब कुनै हातमा रोकिदैन ।’ ओलीले भन्नुभयो ।
सहमतीको प्रयास जारी रहेको बताउदै सहमती नभए प्रक्रियाबाटै देशलाई नयाँ संविधान दिएरै छाड्ने ओलीको उद्घोष छ ।















प्रतिक्रिया