२९ आश्विन २०८३, बिहिबार

चीनलाई आक्रमण गर्न भारतले बनायो लामो क्षेप्यास्त्र

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

missileनयाँ दिल्ली, १७ माघ । चीनका प्रमुख शहरमा आक्रमण गर्न सक्ने लोमो क्षेप्यास्त्र बनाउन भारत सफल भएको छ ।

शनिबार पहिलोपल्ट घुम्ती प्रक्षेपकबाट प्रक्षेपण गर्नसकिने लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण प्रक्षेपण गरेको छ ।

यस्तो क्षेप्यास्त्र पारमाणविक क्षमतासहित चीनको भित्रीभागसम्म प्रहार गर्नसकिने बताइएको छ ।

शनिबार भएको प्रक्षेपण अग्नि पाँचौँ क्षेप्यास्त्रको तेस्रो परीक्षण प्रक्षेपण हो । यसअघि यस्तो प्रक्षेपण ढलान भएको प्रक्षेपणस्थलबाट भएको थियो । शनिबार भने लामो दूरीको क्षेप्यास्त्रलाई ट्रकमा राखिएको क्यानिस्टरबाट प्रक्षेपण गरिएको थियो ।

यस नयाँ प्रक्षेपण संयन्त्रले सशस्त्र सेनालाई यसको सञ्चालनमा बढ्दो लचकता प्रदान गर्नेछ । पूर्वी राज्य उडिसाको एक द्वीपबाट उक्त क्षेप्यास्त्रको परीक्षण प्रक्षेपणपछि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा क्यानिस्टरबाट अग्नीको सफल परीक्षण प्रक्षेपणले यस क्षेप्यास्त्रलाई भारतीय सेनाको एक मूल्यवान सम्पत्ति बनाएको बताउनुभएको छ ।

अग्नी पाँचौँ भारतको प्रतिरक्षा अनुसन्धान तथा विकास सङ्गठनले विकास गरेको हो र यसलाई सन् २०१२ को अप्रिलमा पहिलोपटक परीक्षण गरिएको थियो ।

विश्लेषकहरूले अग्नि पाँचौँले चीनको उत्तरपूर्वी सैनिक केन्द्रदेखि कुनै पनि लक्ष्यमा आक्रमण गर्नसक्ने बताएका छन् । यो रकेटको प्रहार क्षमता पाँच हजार किलोमिटरसम्म रहेको बताइएको छ । यसले भारतको क्षेत्रीय शक्ति बन्ने चाहनालाई बलियो बनाउने बताइन्छ । यसले चीनको क्षेप्यास्त्र प्रणालीसँगको भारतको ठूलो रिक्तपनालाई कम गर्ने अनुमान गरिएको छ ।

भारतले निर्देशित क्षेप्यास्त्र विकास परियोजना सन् १९८३ मा आरम्भ गरेको हो । यसपछि यस मुलुकले अनेकौँ रकेट विकास गरेको छ । भारतले छोटो दूरीको अग्नि प्रथम तथा दोस्रो परम्परागत प्रतिद्वन्द्वी पाकिस्तानलाई ध्यानमा राखेर विकास गरेको विश्लेषकहरूले बताएका छन् । भारतको लामो दूरीको क्षेप्यास्त्रको विकासमा भारतको ध्यान चीनप्रति परिवर्तन भएको देखिएको उनीहरूको धारणा छ ।

भारत तथा चीन दुबैको जनसङ्ख्या एक अर्बभन्दा बढी छ । उनीहरूबीच सन् १९६२ मा सीमामा युद्ध भएको छ र अविश्वासको अवस्था यसैबाट अभिप्रेरित रहेको विश्लेषकहरूले बताएका छन् ।
भारत विश्वको सबैभन्दा अधिक हतियार आयात गर्ने मुलुक भएको छ र उसले १०० अर्ब अमेरिकी डलरको प्रतिरक्षा सुधार कार्यक्रम अगाडि बढाएको छ ।

भारतको नयाँ दक्षिणपन्थी सरकारले लामो समयसम्म रोकिएको १६ अर्ब अमेरिकी डलर बराबरको परियोजनालाई अगाडि बढाएको छ । नयाँ सरकार मे महिनामा निर्वाचनपछि आएको हो ।

प्रधानमन्त्री मोदीले भारतको प्रतिरक्षा उद्योगलाई अधिक रूपमा घरेलु बनाउन प्रयास गर्नुभएको छ । उहाँले भारतको सैनिक क्षमतालाई आफ्नो दक्षिण एसियाली मुलुकप्रति कसैले पनि आँखा देखाउन नसक्ने गरी बलियो बनाउनुपर्ने बताउनुभएको छ ।