२९ आश्विन २०८३, बिहिबार

क्यामरुनमा बोकोहरामका १२३ लडाकूको मृत्यु, १२ सैनिक घाईते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

boko haramएनजामना, १७ माघ । क्यामरुनको उत्तरी भागमा चाडको सैनिक समूहमाथि बोको हराम लडाकूले आक्रमण गर्दा तीन सैनिक तथा १२३ इस्लामी लडाकूको मृत्यु भएको जानकारी चाडको सेनाले शुक्रबार दिएको छ ।

सीमावर्ती नगर फोटोकोल नजिकै इस्लामीहरूले बिहीबार तथा शुक्रबार गरेको आक्रमणमा १२ सैनिक घाइते भएको सेनाले राष्ट्रिय टेलिभिजनमा प्रसारण गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चाडले छिमेकी क्यामरुनमा बोको हरामले उक्त क्षेत्रमा दिएको चुनौती सामना गर्न जनवरी १७ मा एक सैनिक समूह तथा गाडी पठाएको थियो ।

सेनाको तर्फबाट जारी भएको विज्ञप्तिमा सेनाले शत्रुलाई भगाएको उल्लेख गरिएको छ । विज्ञप्तिमा सेनाले इस्लामी लडाकूलाई दोस्रो आक्रमणमा असफल बनाएको उल्लेख गरिएको छ ।

सैनिकको मृत्यु साधारण विस्फोट पदार्थका कारण भएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

क्यामरुनको सुरक्षा बलका एक वरिष्ठ स्रोतले बोको हरामको नियन्त्रणमा रहेको नाइजेरियाली नगरनजिकै चाडको सेनालाई तैनाथ गरिएको जानकारी दिए । उक्त नगर चाडको सीमानजिकै रहेको छ ।

बोको हरामले नाइजेरियाको गामबोरु नगरबाट फोटोकोलमा पटकपटक आक्रमण गर्ने गरेको छ ।

चाडले यस क्षेत्रका मुलुकलाई यस इस्लामी समूहसँग युद्ध गर्न व्यापक गठबन्धन तयार गर्न आग्रह गरेको छ । चाडले आफ्ना सीमामा सेना परिचालन गरेको छ भने थप समूह क्यामरुनमा पठाउने भएको छ ।

चाडका राष्ट्रपति इद्रिस डेबीले नाइजेरियाको बागा नगर बोको हरामको नियन्त्रणबाट मुक्त गर्ने चाहना व्यक्त गर्नुभएको छ । उक्त नगर लेक चाडमा अविस्थित छ ।

अफ्रिकी महासङ्घले शुक्रबार यस क्षेत्रका पाँच मुलुकको सात हजार ५०० संयुक्त सेना तयार गर्ने र त्यसले हाल बोको हरामको डरलाग्दो उदयलाई पराजित गर्नसक्ने धारणा राखेको छ ।

संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनले अफ्रिकी नेताहरूलाई बोको हराम राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाका लागि स्पष्ट खतरा भएको बताउनुभयो ।

यस समूहको उदय क्षेत्रीय सङ्कट भएको छ र त्यसले क्यामरुन, चाड, नाइजर तथा नाइजेरियालाई प्रत्यक्ष रूपमा प्रभाव पारेको छ । यस समूहलाई नियन्त्रण गर्न र क्षेत्रीय सहयोग बलियो बनाउन यी मुलुकका साथमा बेनीनले पनि बहुराष्ट्रिय संयुक्त कार्यबल तयार गर्न सहमति जनाएका छन् ।

बोको हरामले सन् २००९ मा हिंसा आरम्भ गरेपछि हालसम्म १३ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने १० लाख भन्दा बढी व्यक्ति घरवारविहीन भएका छन् ।